मेडिकल कलेजको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न |

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभरीका शाखाहरूबाट विभिन्न कार्यक्रमहरु गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाले थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरूबाट निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेकोे छ । उक्त शिविरमा ७०० जना भन्दा बढीले सेवा लिएका थिए ।
त्यसैगरी, बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।