सनराइज बैंकको सहयोगमा विरगंजमा निःशुुल्क आँखा शिविर |

विरगंज । सनराइज बैंक विरगंज शाखाको सहयोगमा विरगंजमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब विरगंजद्वारा सनराइज बैंक र केडिया आई अस्पतालको सहयोगमा विरगंज परसौनिमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो ।
सो शिविरका लागि बैंकले लायन्स क्लब विरगंजलाई १ लाख ८० हजार आर्थिक सहयोग गरेको छ । शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालको ७ जना टोलीले सेवा प्रदान गरेका थिए । समस्या देखिएका १०० जनाको समेत निशुल्क उपचार हुने बैंकले जनाएको छ ।