डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल |

काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) को छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व चयन भएको छ । प्रद्युमन पोखरेलको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन भएको हो । पोखरेल मुक्तिनाथ विकास बैंकका सीईओ हुन् ।
यस अघि गरिमा विकास बैंकका सीईओ गोविन्द ढकाल अध्यक्ष थिए । उनको कार्यकाल पूरा भएपछि पोखरेललाई अध्यक्ष बनाइएको हो । एसोसिएसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ भएका छन् । सचिवमा महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा चयन भएका छन् । उनी केही साता पहिलेमात्रै सिटिजन्स बैंकको डेपुटी सीईओ छाडेर महालक्ष्मीको सीईओ बनेका थिए ।
संघको कोषाध्यक्षमा भने कामना सेवा बिकास बैंकका सीईओ प्रविण बस्नेत भएका छन् भने सदस्यहरुमा सप्तकोशी डेभलपमेण्ट बैंकका नविन सुवेदी, लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट र ग्रीन डेभलपमेण्ट बैंकका उमेश कुमार आचार्य चयन भएका छन् ।