सानिमा बैंकको केवाईसी अद्यावधिक अनलाइनबाटै |

काठमाडौं । सानिमा बैंकका ग्राहकले अब आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अनलाइन माध्यमबाटै अद्यावधिक गर्न सक्ने भएका छन् ।
ग्राहकहरुले बैंकको वेबसाइटमा गएर ‘अनलाइन केवाईसी अपडेट’मार्फत केवाईसी अद्यावधिक गर्न सक्नेछन् ।
मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आपूmलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ ।