ज्योति लाइफ इन्स्योरेन्सको शेयर भोलिदेखि कारोबारमा आउने |

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ । त्यस अनुसार भोलि बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रपैयाँ २९ पैसा देखि ३६० रपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार बुधबारको कारोबार खुल्नेछ ।
कम्पनीको शेयरलाई नेप्सेले जेएलआई कारोबार संकेत दिएको छ ।
