दूरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल |

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त भएका छन् । प्राधिकरणका निर्देशक रहेका पौडेललाई आज प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेललाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिए । उनका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत रहनुभएको छ ।
उनले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको प्रमुख, अनुमति तथा ग्रामीण दूरसञ्चार विकास कोष तथा अनुगमन शाखालगायत प्रमुखको नेतृत्व लिइसकेका छन् ।
प्राधिकरणमा विगत पाँच वर्षदेखि प्रवक्ताको रुपमा निर्देशक मीनप्रसाद अर्याल रहेका थिए ।