अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्ने |
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
इन्स्योरेन्सले बैशाख ७ गते, वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा तेस्रो वार्षिक साधारण सभा डाकेको हो। इन्स्योरेन्सले बिहान ११ बजे सभा डाकेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपात हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।