ज्योति लाइफको आईपीओ बाँडफाँट, ५ लाख ९४ हजार जनाले पाए शेयर | यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको कम्पनीको शेयर शुक्रबार बाँडफाँट भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदन गरेको थियो । त्यसमध्ये १७ लाख ९७ हजार ८३५ आवेदन स्वीकृत भएका छन् भने ४४ हजार ६४५ वटा आवेदन रद्द भएका छन् । योग्य आवेदन मध्ये १२ लाख ३ हजार ८३५ जनाको हात खालि भएका छन् ।
कम्पनीले फागुन २१ गते देखि २६ गते जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्याएको थियो ।
सर्वसाधारणले मेरो शेयर, सिडीएससीको नयाँ वेबसाइट, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन् ।