नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल |

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई तोकेको छ ।
व्यवस्थापनमा स्नतकोत्तर गरेका ढकालले राष्ट्र बैंकमा विभिन्न जिम्मेवारीमा २५ वर्ष काम गरेको अनुभव छ । उनी मंगलबारदेखि प्रवक्ताको जिम्मेवारीमा समेत रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसअघि अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट प्रवक्ता थिए । उनलाई हालै बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा पदस्थापना गरिएको थियो । भट्टलाई नयाँ जिम्मेवारीमा पदस्थापनापछि केन्द्रीय विभागले नयाँ प्रवक्ता तोकेको हो ।