सर्वोत्तम सिमेन्टद्वारा प्राविधिकसँग छलफल |
काठमाडौं । सर्वोत्तम सिमेन्टले वीरगन्ज तथा रौतहटलाई केन्द्रित गरी भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) सँग छलफल गरेको छ । सो कार्यक्रम विरगंजमा चैत ६ तथा रौटहटमा चैत ७ गतेका दिन सम्पन्न भएको हो ।
कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्रावधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त भेलामा विरगंज क्षेत्रका करिब १३० ठेकेदारहरू तथा रौतहट क्षेत्रका करिब ६५ जति ठेकेदारहरूको उपस्थिति रहेको थियो ।
कम्पनीका ब्राण्ड म्यानेजर गोपाल शारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वोत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्रान्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ ।