भाइबरद्वारा बार्सेलोना फुटबल क्लबसँग साझेदारीका लागि पहलकदमी २०२१ को घोषणा |
काठमाडौं । सहज एवं निःशुल्क सञ्चारको लागि विश्वको अग्रणी मेसेजिङ्ग एपहरूमध्येको एक राकुटेन भाइबरले आफ्नो बार्सिलोना फुटबल क्लबसँग साझेदारीका लागि पहल गर्ने भएको छ ।
भाइबरले लामो समयदेखिको साझेदार फ्यान क्लब बार्सिलोनाको लागि २०२१ भरका लागि नयाँ पहलहरूका शृङ्खलाको घोषणा गरेको हो ।
रुसमा एक आधिकारिक विश्वव्यापी एफ.सि बार्सिलोना कम्युनिटीको शुरुवात सँगसँगै कम्पनीले मार्चमा ५ जना खेलाडीहरु मार्क एण्ड्रे तेर स्टिगेन, फ्रेन्की डे जोङ, मारालम ज्यानिक, सर्जिनो डेस्ट, क्लेमेन्ट लेङलेट र एन्टोनी ग्रीजम्यानका बारेमा विशेष प्रश्नोत्तर शृँखला योजना पनि अघि सारेको छ ।
भाइबर एफ.सि बार्सिलोनाबीचको सहकार्य सन् २०१७/२०१८ को सिजनबाट शुरु भएको हो र भाइबरले त्यसैबेलादेखि क्लबको एक आधिकारिक च्यानलको रूपमा सञ्चार सेवा उपलब्ध गराउँदै आएको छ ।
फुटबलको सिजन तात्न थालेपछि र हामी नयाँ दशकतर्फ अघि बढ्न थालेसँगै, राकुटेन भाइबरले क्लबसँगको साझेदारीमा एक नयाँ अध्यायलाई शुरू गरेको छ, जस अनुसार आफ्ना प्रयोगकर्ताहरूका लागि फ्यान प्रथम भन्ने अनुभव निर्माण गर्न यसको मेसेजिङ्ग एपमा विभिन्न टच प्वाइन्टहरू कायम गरेको छ ।
एपमा खेलाडीहरू र तिनका फ्यानहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गरिदिन भाइबरले देहायका पहलहरु उपलब्ध गराउने भएको छ ।
· मीट एण्ड ग्रीट द प्लेयर्स-हालएफ.सि बार्सेलोनामा भइरहेका खेलाडीहरुसँगको एक विशेष प्रश्नोत्तर, जस अनुसार खेलाडीहरुले आफ्ना फ्यानहरुबाट प्राप्त पहिले छानिएका ५-१० प्रश्नहरुको जवाफ दिनेछन् । फ्यानहरुले आफ्नो पि्रय खेलाडीलाई एफ.सि बार्सेलोना भाइबर कम्युनिटीजका सबै मेम्बर टु मेम्बर मेसेजिङ्गमार्फत आफ्नो प्रश्न पठाउन सक्छन् र टिमले उत्कृष्ट एकको छनौट गर्नेछ ।
· अ डे वीथलेजेण्ड- फ्यानहरुका लागि कम्युनिटीमा एफ.सि बार्सेलोनाको लेजेण्ड खेलाडीसँग एक दिनबिताउने सुवर्ण अवसर, जहाँ मार्चमा ती लेजेण्ड खेलाडीले कम्युनिटी जिम्मामा लिनेछन् र फ्यानहरुले उन्को एक सर्वश्रेष्ठ दिनमा सहभागी बन्न सक्नेछन् ।
· भोट एण्ड वीन-भाइबरका प्रयोगकर्ताहरुले म्याचको विजेताको पूर्वानुमान गरेर हस्ताक्षरित २०२०-२१ का जर्सिहरु मासिक रुपमाजित्ने अवसर प्राप्त गर्नेछन् । पछिल्लो सत्रका जटिल नियमहरु र अंक प्रणालीलाई हटाएर फ्यानहरुलाई सहभागीताको लागि सजिलो बनाइएको छ ।
· एफसी बार्सेलोना कम्युनिटी रुसमा शुरु भएको र क्लबको भाइबर कम्युनिटीहरु वृद्धि भएको उपलक्ष्यमा फ्यानहरुका लागि केही विशेष उपहारहरु जित्ने मौकादिइएको छ ।
· फ्यान स्टार- फ्यानहरुले क्लबसँगको आफ्नो व्यक्तिगतकथा र यात्राको कथा साझा गरेर हरेक महिना कम्युनिटी स्टारको उपाधिजित्ने मौका पनि प्राप्त गर्नेछन् ।
यसै सन्दर्भमा नेपाली भाइबर प्रयोगकर्ता कमल प्रधानले एफ.सि बार्सेलोना कम्युनिटीको सही स्कोर अनुमान गरेर आधिकारिक बार्सिलोना क्लबबाट हस्ताक्षर गरिएको एक जर्सी जितेका छन् । बार्सेलोनाका ५ जना प्रख्यात खेलाडीहरु ज्यानिक, पिक, अन्स फाति, सर्जि रोबर्टो र डे जोङले उक्त जर्सीमा हस्ताक्षर गरेका छन् ।
भाइबरको प्लेटफर्ममा भएको विभिन्न उत्कृष्ट विशेषताहरुमध्ये बार्सिलोनाको खेल हुँदा एम.भि.पी को पूर्वानुमान गर्ने पोल फिचरले फ्यानहरुलाई त्यो सुविधा प्रदान गर्दछ ।
करिब ३० हजार भाइबर प्रयोगकर्ताहरुले पोल ड्रमा भाग लिएकोमा डिसेम्बर महिनाको लागि कमल प्रधान विजेता घोषित भएका थिए । भाइबर प्रयोगकर्ताहरुले २०२१ को जुन महिनाको अन्त्यसम्ममा भाग लिन सक्नेछन् र यो विशेष उपहार हात पार्नलाई एफ.सि.बि कम्युनिटीमा म्याचको सही परिणाम आँकलन गर्न सकिनेछ । हरेक महिना ४ देखि ८ वटा खेलहरु हुनेछन् र हरेक खेल सही जवाफ अनुमन गर्ने एक अवसर हो ।
एपले अङ्ग्रेजी, स्पेनिस र अरेबिकमा यसको विश्वव्यापी कम्युनिटीहरु अतिरिक्त रस्सियनमा पहिलो पटक फ्यानहरूलाई खेलाडीहरु र खेलहरुका बारेमा कुुरा गर्न अवसर दिएको छ ।
भाइबर प्रयोगकर्ताहरुले यस सिजनको लागि राखिएको खेलाडीहरूको मुहारहरु भएको नयाँ एफ.सि बार्सेलोना स्टिकर प्याकबाट एक अर्कामा स्टिकर आदान प्रदान गर्न पनि सक्नेछन् ।
गएको वर्षमा कार्टुनमा आधारित स्टिकरहरू भए जस्तै यो नयाँ सिजनमा खेलाडीहरुको मुहारको फोटो पेश गरिएको छ । यो एक विशेष स्टिकर प्याक हो, यसले नयाँ सिजनका समेत सबै खेलाडीहरुलाई समेटेको छ ।
हामी २०२१ मा पनि फ्यान प्रथम एफ.सि बार्सेलोना साझेदारी कार्यक्रम संचालन गर्न पाएको प्रफुल्लित भएका छौं । राकुटेन भाइबरको सिजिओ आना जमेंन्स्कायाले भने “यो सहकार्य सन् २०१७ मा शुरु गरेदेखि नै सफल बन्दै आएको छ र हामी हाम्रा सबै प्रयोगकर्ताहरु बीचको सम्बन्ध बनाइराखे जसरी भाइबर मार्फत क्लबका खेलाडीहरु र तिनका प्रशँसकहरुलाई नजिक ल्याउन हामी उत्साहित छौं ।”
एफ.सि बार्सेलोना रस्सियन कम्युनिटी शुभारम्भका अवसरमा पहिलो टिम खेलाडी एन्टोनी ग्रीजम्यानले भने “मलाई खुशी लागेको छ किनकी अब हामी हाम्रा रुसी प्रशँसकहरुसँग अझ नजिक हुने भएका छौं ।” यस्तै सर्जियो डेस्टले अबदेखि बार्साले आफ्ना रुसी प्रशँसकहरुसँग रुसी भाषामा कुरा गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे ।
राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ ।
भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । आजै भाइबरमा जोडिनुहोस् र विश्वकै उत्कृष्ट सञ्चार माध्यमको अनुभव संगाल्नुहोस् । थप सोधपुछका लागि हामीलाई सम्पर्क गर्नुहोस्ः mभमष्ब२खष्दभच।अयm।