बैशाख २८ देखि २७ औं क्यान इन्फोटेक मेला आयोजना गरिदैं |

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । महासंघले काठमाडौंको भृकुटीमण्डपमा आगामी बैशाख २८ देखि जेठ २ गतेसम्म मेला आयोजना गर्ने भएको हो ।
२७ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शीर्ष प्रायोजन प्रभु पे, एसोशिएट प्रायोजनमा वर्लड लिंक रहेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२१ को आयोजना गर्न लागेको महासंघले जनाएको छ ।
मेलाले व्यवसायी तथा ग्राहकका लागि अन्तकृयाको एक प्लाटफर्म सिर्जना गर्नुका साथै ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि हामीले लिएको आयोजकले जनाएको छ ।
सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यो प्रर्दशनी सुचना प्रबिधि सम्बन्धि चासो राख्नेहरुको लागि सुचना तथा संचार प्रबिधिको क्षेत्रमा भएका विकास तथा प्रयोग का बारेमा जानकारि लिने थलो हुने बिश्वास पनि आयोजकको छ ।
क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।
गत वर्ष करिब ३ लाख ७६ हजार भन्दा बढीले अवलोकन गरेको मेलामा यो बर्षपनि सोहि सङ्ख्यामा लाख भन्दा बढी अवलोकनकर्ता आउने हामीले अपेक्षा आयोजकको छ । यस पटकको सबै इन्फोटेकहरुमा प्रवेश टिकट लाई पेपरलेस गर्ने प्रयास आयोजकको छ । यसै सन्दर्भमा क्यान इन्फोटेक का लागि मिति चैत ८ गते देखि अनलाईन बुकिङ्ग समेत खुल्ला गरिँदै छ ।
सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ∕संस्था र व्यवसायीहरुको छाता संगठन हो ।