नेपाल हाइड्रो डेभलोपर्सले १५ प्रतिशत बोनस शेयर दिने |
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७४∕७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ४ प्रतिशत बोनस शेयर समेत गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ ।
सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत १७ गते १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ३ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको सभामा सहभागिता जनाउनका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।