जोन्टा क्लब अफ काठमाडौंद्वारा येलो रोज डे २०२१ मा प्रेरणादायक महिलाहरु सम्मानित |
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” लाई विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त अवार्ड समारोह नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, टोनी एण्ड गाइ र गोल्छा ग्रुपको सहयोगमा सोल्टी होटल काठमाडौंमा आयोजना गरिएको थियो ।
येलो रोज डे २०२१ मा ब्रार्ह जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । पुरस्कार विजेताहरुले अपवादको आफ्नो यात्राका बारेमा बताएका थिए । यस्ता सशक्तिकरण महिलाहरुका कथा सुनाउनु प्रसन्नता मात्र नभएर यसले निसन्देह समाजमा निकै परिवर्तन ल्याउछ र यसले देशका सबै महिलाहरुलाई उत्प्रेरित गर्न अथाह स्रोत प्रदान गर्दछ ।
जोन्टा क्लब अफ काठमाडौंका पुरस्कार कोटि र पुरस्कृतहरु यस प्रकार रहेका छन्:
- प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयर: एसएसपी किरण बज्रराचार्य: जसले मानव र महिला तस्करीको विरुद्द लडेकी थिइन
- अमर राना गेम चेन्जर अवार्ड: सुश्री सृष्टी के.सी., ब्लाइन्ड रक्स्की संस्थापक
- कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड
- डब्लुएचआर(प्रतिनिधिः सुश्री लिल्ली थापा):डब्लुएचआर-वुमन फर ह्युमन राइट, एकल महिला समुहले कोभिडको समयमा थुप्रै स्वयमसेवा गरेका छन् )
- सुश्री आयुषमा राणा याकथुम्बाः उनले कोभिडको समयमा थुप्रै परिवारहरुलाई, विशेष गरी नवजात शिशू र नवआमाहरुलाई खाना, औषधी जस्ता आधारभूत आवश्यकताहरु प्रदान गरेकी थिइन
- ज्योति स्कलरशिप अवार्ड
- जेन एम. क्लाउस्म्यानः सुश्री सुप्रिमा पौडेल, उनले “इम्प्यक्ट अफ क्रेडिट रिस्क अन पर्फमेन्श अफ ए एण्ड बी क्लास इन्स्टीट्यूशन” भन्ने शिर्षकको थेसिस जर्नल अफ नेपाल–एनआरबी इकोनोमिक रिभ्यूमा प्रकाशन गरेकी छिन्
- उमन इन टेकः सुश्री मेलिशा घिमिरे, उनी गल्स इन टेक नेपालकी प्रबन्ध निर्देशक तथा उमन इन बिग डाटा एसईए रिजनकी प्रोग्राम म्यानेजर हुन्
- इन्द्रकला स्कलरशिप अवार्ड
- वाईडब्लूपीएः सुश्री संस्कृती फुयाल, उनी “स्पोटर्स् इन इक्वालीटी” भन्ने लक्ष्यमा कार्यरत छिन् र विद्यालयमा छात्राहरुका लागि खेलकुद आयोजना गर्छिन
- उमन इन स्पेशः सुश्री रेजा थापा, उनले अल नेपाल एस्टेरोइड सर्च क्याम्पेनमा सन् २०१९–२०२० को दौरान प्रमुख बेल्ट एस्टेरोइड पत्ता लगाएकी थिइन
त्यस्तै नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति ३५००० रुपौंया प्रदान गरेको छ । उनीहरुले अपवाद काम गरेर हामीहरुलाई प्रेरणा दिइरहेका छन् । यी महिलाहरुले परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन् । यो त्यस्ता ४ महिलाहरुका सम्मान र पहिचानका लागि हो जुन आफ्ना कामको विधामा प्रशंसा नपाएका नायकहरु हुन् ।
सम्मानित हुने महिलाहरु:
- सुश्री सकुन्तला कुमारी बुधा – १५ वर्षया उनले कालीकोटमा रजस्वलाको दौरान केटीहरुलाई छुट्टै सानो गोठमा बस्नुपर्ने पुरानो प्रथा छाउपडिको विरुद्ध सफलतापूर्वक अभियान चलाएकी थिइन
- सुश्री सुमित्रा श्रेष्ठः पहिलो महिला प्लम्बर, उनी जोरपाटी क्षेत्रमा विगत १३ वर्षदेखि काम गर्दै आइरहेकी छिन्
- सुश्री सहनशीला शर्माः असनको अन्नपुर्ण मन्दिरकी पहिलो महिला पुजारी– उनी एक महिना अगाडि मात्र यहाँ नियुक्त भएकी हुन्
- सुश्री राधिका थापा – पहिलो महिला आर्मी जसले काउन्टर इन्सर्जरी एण्ड जंगल वारफेयर ट्रेनिङ पूरा गरेकी छिन्
सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । यसले त्यस्तो समाजको परिकल्पना गरिरहेका छन् जहाँ महिला अधिकारकालाई मानव अधिकारको मान्यता दिइन्छ र हरेक महिलाहरु आफ्नो पूर्ण–क्षमता हासिल गर्न सक्षम हुनेछन् । त्यस्तो विश्वमा महिलालाई सबै स्रोतहरुको पहुँच छ, पुरुष बराबारको निर्णय लिने स्थानमा उनीहरु छन् र कुनै पनि महिलाहरुले हिंसाको डरमा बाच्नु पर्दैन । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो जुन महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ । नेपाल आधिकारिक रुपमा चार्टर्ड हुने ६४ औं मुलुक हो ।
जोन्टा क्लब अफ काठमाडौंका कार्यक्रमहरु अन्तर्गत महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म–रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण, १६ दिने महिला हिंसा विरुद्धका गतिविधी, सरसफाई परियोजना– शौचालय निर्माण, केटी र महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरण लगायत रहेका छन् । जोन्टाको १०० वर्ष मनाउन, जोन्टा क्लब अफ काठमाडौं चौतफी प्रभावका लागी आफ्ना पहलहरु जारी राख्न र बलियो बनाउन प्रतिबद्ध रहेको छ ।