मोलुङ हाइड्रोपावरको सेयर निष्काशनको बिक्री प्रवन्धकमा सनराइज क्यापिटल |
काठमाडौँ । ओखलढुंगास्थित मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई छुट्टयाइएको ८ लाख २ हजार ५०० कित्ता सेयर निष्काशनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो हाइड्रोपावरको सेयर निकट भविष्यमा निष्काशन गरिने छ ।