नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुक, ‘ग्लोबल पिस इन्डेक्स’मा तीन स्थानमाथि उक्लियो |

काठमाडौं । नेपाल ‘ग्लोबल पिस इन्डेक्स’ मा ३ स्थान माथि उक्लिएको छ । ग्लोबल पीस इन्डेक्स सन् २०२० का अनुसार विश्वव्यापी रुपमा शान्त देशको सूचीमा नेपाल ७३ औँ स्थानमा छ । २०१९ मा विश्वव्यापी रुपमा शान्त देशको सूचीमा ७६ औँ नम्बरमा रहेको नेपाल २०२० मा भने ७३ मा उक्लिएको हो ।
अध्ययनले नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुक भएको देखाएको छ । अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकमध्ये नेपाल शान्त मुलुक देखिएको हो ।
यो सूचीमा पहिलोमा भुटान रहेको छ । सार्कमा अशान्त मुलुकको पहिलो सूचीमा अफगानिस्तान छ । दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा रहेका छन ।