अब आइपीओ रिजल्ट अनलाइन मिडियाबाट हेर्न नपाइने, यस्ता छन् रिजल्ट हेर्न सकिने तीन माध्यम |
काठमाडौं । लगानीकर्ताले अब कुनैपनि कम्पनीको साधारण शेयर (आइपीओ) को नतिजा मेरो शेयर, बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटबाट मात्रै हेर्न पाउने भएका छन् ।
केन्द्रिय निक्षेप प्रणाली सिडिएससिले नेपाल धितोपत्र बोर्डको निर्देशनमा निजी अनलाईन मिडियाहरुलाई आइपीओ रिजल्ट वितरण नगर्न क्यापिटलहरु निर्देशन दिएको सिडिएसिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए ।
यसअघि निजी सञ्चार माध्यमहरुले समेत आइपीओको नतीजा प्रकाशन गर्ने गरेका थिए । अब भने आइपीओ रिजल्ट बिक्री प्रबन्धक,आइपीओ जारी गर्ने कम्पनी र सिडिएससिले मात्रै पाउने भएका छन् ।
शुक्रबार बाँडफाँड हुने महिला लघुवित्तको आइपीओ समेत निजी सञ्चार माध्यमलाई उपलब्ध नगराउन निर्देशन दिइएको सिडिएससिले जनाएको छ ।