प्राविधिक समस्याका बिच दोहोरो अंकले बढ्यो सेयर बजार, होटल र बीमामा लगानीकर्ताको आकर्षण |
बुधबार बजार खुलेदेखि नै लगानीकर्तालाई खरिद अर्डर राख्न समस्या देखिदै आएको थियो। टिएमएसमा समस्या आएको कारण नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य शत प्रतिशतले घटेको देखिएकाे थियो जसको कारण नेप्से सूचक पनि ८८ अंकसम्म घटेको देखिएको थियो। तर नेप्से सूचक बढीरहेको भए पनि सिस्टमा आएको समस्याको कारण लगानीकर्ताले सूचक के भयो भन्ने तथ्याँक पाउन सकेका थिएनन्।
बुधबार दिनभरी जसो नै विचविचमा नेप्सेको टिएमएसमा समस्या देखिएको थियो। जसले गर्दा कारोबार रकममा गिरावट आएको छ।
बुधबार शेयर बजार मापक नेप्से सूचक १२ अंकले बढेर २५९९.०७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.४० अंकले. बढेर ४७०.३४ विन्दुमा पुगेको छ।