आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत बोनश शेयर प्रस्ताव |
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्त सञ्चालक समितिको फागुन १२ गते बसेको बठकले आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँको ८.८५ प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
बोनस शेयर वितरण पछि लघुवित्तको चुक्तापूँजी २८ करोड ६७ लाख ६३ हजार रूपैयाँ पुग्नेछ ।