राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम |
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन ८ गते प्रज्ञा प्रतिष्ठानको सभाहलमा राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपाल अन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर वासु थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताए ।
राष्ट्रिय बहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले सेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा सेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने बताइन् । उनले आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको सेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताइन् ।