नेप्सेमा सानिमा बैंकको ३० लाख ५२ हजार कित्ता ऋणपत्र सूचीकृत |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) सानिमा बैंक लिमिटेडको ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेका अनुसार बैंकले ८ दशमलव ५ प्रतिशत व्याजदरको ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत भई सामवारदेखि कारोबार योग्य हुने यो ऋणपत्र सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।