एप्पलले भारतमा पनि आइप्याड उत्पादन गर्ने तयारी गर्दै |
एप्पलले पहिलो पटक भारतमा आइप्याड उत्पादन गर्ने तयारी गरेको छ । द भर्जकाअनुसार एप्पलले भारत सरकारसँग आफ्नो नयाँ योजनाको लागि वार्ता गरिरहेको छ। भारतले पनि देशमा कम्प्युटर निर्यातलाई प्रोत्साहन गर्ने योजना बनाइरहेको छ । यसैमा एप्पलले आइप्याड बनाउने सम्झौता अघि सारेको छ ।
यो पहलको लागि भारत सरकारले पाँच वर्षमा ७० अर्ब खर्च हुने अनुमान लगाएको छ । तर, एप्पलले भने भारतको आपूर्तिसँग एप्पलको माग पुरा गर्न नसक्ने भएकोले दुई सय अर्ब लगानी गर्नु पर्ने बताएको छ ।
सन् २०१८ देखि एप्पलले भारतमा आइफोन उत्पादन गर्न सुरु गरिसकेको छ । कम्पनीले आफ्नो उत्पादन चीनमा बनाउन योजना बनाइरहेको द भर्जले बताएको छ ।
एप्पलले यो वर्ष आइप्याडको उत्पादन भियतनाम पनि अघि बढाउने रिर्पोटमा उल्लेख छ ।
हाल एप्पलले भारतमा आफ्नो उत्पादनको लागि फोक्सकोन, पेगाट्रोन र विस्ट्रोन कम्पनीसँग सहकार्य गर्दै आएको छ । भारतमा आइप्याडको उत्पादन यहीँ वर्षतिर हुने रोयटर्सले उल्लेख गरेको छ ।