भाइबरको स्वैच्छिक इन्–एप मत सर्भेक्षणः ८६% नेपाली प्रयोगकर्ताहरुको प्राथमिकतामा डिजिटल गोपनीयता |

काठमाडौं । राकुटेन भाइबरले विश्वव्यापी रुपमा गरेको इन्-एप स्वैच्छिक मत सर्भेक्षणले देखाएको परिणाम अनुसार नेपालका ८६ प्रतिशत भाइबर प्रयोगकर्ताहरुले उनीहरुको लागि डिजिटल गोपनीयताले धेरै महत्व राख्ने मत दिएका छन् । सो सर्भेक्षणमा विश्वका करिब ३४०,००० जनाले सहभागीता जनाएका थिए ।
कोभिड-१९ को संकटले जीवनको धेरै पक्षहरुलाई डिजिटाइजेसनको गतिलाई निरन्तरता दिने क्रम जारी छ-शिक्षादेखि काम रकामदेखि स्वास्थ्य उपचारसम्मका लागि मानिसहरुले आफ्न आफन्तहरु, साथीहरु र सहकर्मीहरुसँग सम्पर्क बनाइ राख्नएपहरु र डिजिटल फमहरुलाई अँगालिरहेका छन् । राकुटेन भाइबरले हालै यो रुपान्तरणको दौरान गरेको मत सर्भेक्षणले स्पष्ट पार्छ कि डाटा गोपनीयता प्रयोगकर्ताहरुका लागि अझै उच्च प्राथमिकतामा पर्दछ ।
सर्भेमा भाग लिएका क्षेत्र बाहिरका सहभागी देशहरु जस्तै युरोप, मध्यपूर्व, उत्तर अपि|mका र एशिया प्यासिफिकमध्ये मत सर्भेक्षणले नेपालले डिजिटल गोपनीयतालाई अत्यन्त चासो राख्ने गरेको प्रष्ट्याएको छ ।
व्यक्तिगत सञ्चार र पूर्वनिर्धारीत एंड-टु-एंड इक्रिप्सन प्रणालीयुक्त विशेषताहरुलाई नेपाली प्रयोगकर्ताहरुले ठूलो महत्व दिएका छन् । ५ वटा विभिन्न विकल्पहरु मध्ये ६७ प्रतिशत उत्तरदाताहरुले उनीहरुको वार्तालापको गोपनीयता कायम हुने सुनिश्चिततालाई उच्च प्राथमिकतामा राखेका छन् ।
दोस्रो सबैभन्दा बढी मत प्राप्त गरेको विशेषता, जसले १९ प्रतिशत मतप्राप्त गरेको छ, त्यसमा एपभित्र र बाहिर अरुहरुसँग कुन डाटा साझा गर्न सकिन्छ भन्नेमा अनुकूल समाधानहरु हुनु पर्नेमा रहेको छ । कम्पनीद्वारा एप संचालनको लागि उनीहरुलाई महत्वपूर्ण पर्ने आवश्यक पर्ने भन्दा बढी प्रयोगकर्ताका डाटाहरु संकलन वा साझा गरिएको छैन भन्नेमा निश्चिन्त बनाएकोलाई उत्तरदाताहरुद्वारा पछ्याइएको थियो ।
भाइबरको व्यक्तिगत कलहरु र च्याटहरु एंड-टु-एंड इक्रिप्टेड गरिएका छन् । ग्रुप च्याटमा कोही पनि जोडिन वा आमन्त्रित हुन अनुमतिबिना असम्भव छ । यसका अलावा, भाइबरले आफ्नो गोप्यच्याट विशेषतामार्फत गोपनीयताको एक अर्को तह पनि प्रदान गरेको छ, जुनपिनको सहायताले मात्र चलाउन सकिन्छ ।
योभन्दा धेरै, नेपालका ७५ प्रतिशत उत्तरदाताहरुले उनीहरुले आफ्नो मेसेजिङ्ग एप कुनै गोपनीयता सन्दर्भको कारणले बदल्न सक्नेे बताएका छन् । जसबाट उनीहरुका लागि गोपनीयता वास्तवमै संवेदनशील विषयभ एको स्वतः स्पष्ट हुन्छ र यो उनीहरुका लागि महत्वपूर्ण छ ।
‘नाफाको लागि निजी सञ्चारको निगरानी हुने बढ्दो चिन्ताको समयमा यो सर्भेक्षणले हामीलाई र बाँकी विश्वलाई देखाएको छ कि गोपनीयतालाई कहिल्यै पनि दोस्रोमा राख्न मिल्दैन ,’ राकुटेन भाइबरका सिइओ जमेंल अगाउवाले भने,’किनभने डाटा गोपनीयता हाम्रा प्रयोगकर्ताहरुको लागि उच्च प्राथमिकतामा पर्दछ, यो हाम्रो पनि मुख्यचासोको विषय हो र हामी निरन्तर रुपमा विश्वभरका मानिसहरुलाई उनीहरुको वार्तालाप सुचारु राख्न सुरक्षित सञ्चारको मञ्चउपलब्ध गराउन कटिबद्ध छौं ।’