८ करोडको ‘कुमारी इक्विटी फन्ड’ फागुन १४ गतेदेखि सर्वसाधारणमा निष्काशन हुने |
काठमाडौं । कुमारी क्यापिटलद्वारा व्यवस्थापन तथा कुमारी बैङ्कद्वारा प्रवर्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको १० रुपैयाँ अंकित दरको ८ करोड इकाईको ‘कुमारी इक्विटी फन्ड’ निष्काशन हुने भएको छ । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबर्धक कुमारी बैङ्कको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई फागुन १४ गते शुक्रबार देखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला हुने भएको हो ।
योजना ब्यवस्थापन गर्ने कुमारी क्यापिटलले इक्रा नेपालबाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ । योजनासुर्य प्रसाद कोइराला, भरत राज पोखरेल, कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजित कुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुने क्यापिटलले जनाएको छ ।
योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रीबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालुः रु. १० बाट सुरु भई अन्तिम वर्ष (लाभांश वितरण पश्चात) सम्म रु. २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।
लाभांश र पुँजी बृद्वि समेत गरी औषत प्रतिफलः २२ प्रतिशत प्रक्षेपण गरिएको छ । सेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ ।
व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्त हुने लाभ लिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरेपश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत तथा सी.डी.एस. एन्ड क्लियरिङ्गमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने कम्पनीले जनाएको छ ।
यस योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैङ्क वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने ब्यवस्था छ । आवेदन गर्दा न्युनतम १०० इकाई र अधिकत ८०,००,००० इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संस्थाहरुले मिति २०७७ फाल्गुन १४ गते देखि अन्तिम मिति २०७७ फाल्गुन २८ गते सम्म आवेदन दिने ब्यवस्था गरिएकोे कम्पनीले जनाएको छ ।