भागरथीका हत्या आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति |

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।
दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।
भागरथी भट्टको हत्या प्रकरणमा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले बुधबार नै दिनेशलाई सार्वजनिक गरेको थियो ।