महुली लघुवित्तको २१.०५ प्रतिशत लाभांश घोषणा |
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले २०७६∕७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।