महालक्ष्मी विकास बैङ्कको का.मु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त |

काठमाडौं । महालक्ष्मी विकास बैङ्कको सञ्चालक समितिको ४७५औं बैठकले बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैङ्कको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।
बिगत १२ बर्षदेखि महालक्ष्मी बिकास बैङ्कमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैङ्कको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।
केन्दि«य बैङ्कको नितिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने लम्सालले बताए ।