नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्दै इन्फिनिटी लघुवित्त |
काठमाडौं । नवलपुरमा रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।
प्राप्तिका लागि इन्फिनिटी लघुवित्तको गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) समितिका संयोजक बलराम बिष्ट र नेपाल एग्रो लघुवित्तका अध्यक्ष रमेश कुमार कर्माचार्य र गाभ्ने गाभिने समितिका संयोजक विवेक श्रेष्ठले संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
इन्फिनिटी लघुवित्तले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ४७ हजार भन्दा बढी सदस्यलाई सेवा पु¥याएको जनाएको छ । लघुवित्तले ३ अर्ब ७ करोड कर्जा लगानीमा रहिरहेको र सदस्यहरूले संस्थामा ८१ करोड निक्षेप जम्मा गरेको पनि जनाएको छ ।