सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा |
काठमाडाैं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राज्यलक्ष्मी राणालाई नियुक्त गरेको छ । संचालक समितिको मितिसोमबार बसेको बैठकको निर्णय अनुसार राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् ।
विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी श्रीमती राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेकी थिइन् । भारतकोे एसआईबीएम पुनेबाट एमबिए गरेेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गरेकी थिइन् ।
एभरेष्ट बैंकमा पाँच वर्ष कार्य पश्चात ग्लोबल आइंएमई बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेकी उनले १२ वर्ष उक्त बैंकमा काम गररिन् । राणाले बैकले आफूप्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पुर्याउन लागि पर्ने प्रतिबद्धता जनाएकी छिन् ।