प्रधानमन्त्रीले माडीवासीलाई देखाए राम र सीताको मूर्ति |
काठमाडौं । काठमाडौं । विभिन्न माग लिएर बालुवाटार पुगेका माडीवासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम–सीताको नयाँ मूर्ति देखाएका छन् । आफ्नै पहलमा मूर्ति बनाएका प्रधानमन्त्रीले अब छिट्टै माडीमा मूर्तिको अनावरण गर्ने बताए ।
गत असार २९ गते भानु जयन्तीको दिन भगवान् श्रीराम नेपालको माडी क्षेत्रमा जन्मिएको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले माडीमा राममन्दिर निर्माण गर्न स्थानीय सरकारलाई आग्रह गरेका थिए ।
आइतबार माडीबासीले बाँदरझुलामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आवतजावत गर्न समस्या भएको, निकुञ्ज क्षेत्रमा रहेका चेपाङ समुदायको अव्यवस्थित बसोबास समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने अहिलेसम्म विभिन्न कारणले सरकारले काम गर्न नसकेको भन्दै अब सबै समस्याको समाधान हुने बताए । प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीले प्रस्तावित राममन्दिरमा राख्ने राम र सीताको नयाँ मूर्ति देखाएको भेटमा सहभागी माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले वन र भूमिसुधार सम्बन्धी समस्या समाधानको लागि केही दिनमा नै वन मन्त्री र भूमिसुधार मन्त्रीलाई स्थलगत भ्रमणमा पठाउने आश्वासय दिएका छन् । उनले यो समस्या पहिलेदेखि रहेको भन्दै धेरै लम्ब्याउने पक्षमा आफू रहेको पनि बताए ।
उनले राम र सीताको मूर्ति देखाउँदै लक्ष्मण र हनुमानको पनि मूर्ति बनाएर माडीमा अनावरण गरिने बताए ।