‘भिकिङ २२२’ मोडलका बस ग्राहकलाई हस्तान्तरण |
काठमाडौं । आइएमइ मोटर्स प्रालीद्वारा प्रवद्धित अशोक लेलैण्डले भिकिङ२२२ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार हस्तान्तरण गरिएका सबै गाडीका मोडलहरु २०२१ का रहेका छन् ।
यी मोडलका बस १०० वटा भन्दा बढी सडकमा गुडिरहेको कम्पनीले जनाएको छ। यो बस रुट बसमा चल्ने बसमध्ये सबैभन्दा रुचाएको कम्पनीको दाबी छ ।
यसमा इनलाईन फ्युल पम्प छ । साथै एच सिरिज इन्जिन रहेको छ। जसले गर्दा इन्धन कम खपत हुन्छ र कम मर्मत खर्च लाग्छ । यो बसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएकोले १८० एचपी इन्जिनमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिने कम्पनीको भनाइ छ ।
रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभसहित धेरै माइलेजले गर्दा यो गाडी अन्य गाडी भन्दा फरक र विश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए। नेपालमा हरेक लामो दुरी रुटमा भिकिङ गाडीहरु चल्दै आएका छन् ।
अत्याधिक मागअनुसार कम्पनीले ग्राहकहरुलाई विशेष सर्भिस सेवा दिदैँ आएको बताएको छ। कम्पनीको १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिन्छ। कुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीको भनाइ छ ।