सिद्धार्थ बैंकका अध्यक्षद्वारा शपथ ग्रहण |

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट मनोज कुमार केडिया बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका छन् ।
उनले माघ १८ गते बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक संचालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएका छन्
उनी यसअघि २०७३ देखि ७७सम्म बैंकको संचालक समितिको अध्यक्ष रहँदै आएका छन् ।
उनले केडिया अर्गनाइजेशन, केडिया इन्टरनेशनल, वृज सिमेन्ट इन्डष्ट्रिज, अर्घाखाँची सिमेन्ट, स्टिलस्, एशियन कनक्रेटो, वृज ग्लास इन्डष्ट्रिज, केडिया इन्भेष्टमेन्ट कर्पोरेशनलगायतका कम्पनीहरुमा अध्यक्ष÷प्रबन्ध संचालकको रुपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेका छन् ।