गोयथे इन्सिच्युटको साउथ एशिया नर्थ २०२१ “द जर्मन वेज् एण्ड द वेज् वीथ जर्मन” सम्मेलन सम्पन्न |
काठमाडौं । गोयथे इन्स्टिच्युटले साउथ एशिया नर्थ २०२१ सम्मेलन सम्पन्न भएको छ । ‘द जर्मन वेज् एण्ड द वेज् वीथ जर्मन’ (पिएएससिएच) शिर्षकमा आयोजित भर्चुअल सम्मेलन सम्पन्न भएको हो ।
पिएएससिएच भनेको विद्यालयहरुः भविष्यका लागि साझेदारी हो। यो सम्मेलन जनवरी २२ देखि २४ सम्म गरिएको थियो ।
सम्मेलनको लक्ष्य गोयथे इन्स्टिच्युटको सहयोगमा संचालित उत्तरी दक्षिण एशियाका क्षेत्रका पिएएससिएच स्कूलहरुका प्रिन्सिपलहरुलाई एकै ठाऊँमा ल्याउनु रहेको थियो ।
सम्मेलनमा विद्यालयका प्रिन्सिपलहरुसँगै एक आपसमा पिएएससिएच पहल र यसका लक्ष्यबारेमा सविस्तार गरिएको थियो। साथै दक्षिण एशियामा विद्यार्थीहरुका लागि परीणाममुखी दृष्टिकोणमा छलफल चलाइएको थियो ।
सो समारोहमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र इरानका प्रिन्सिपलहरु र तिनका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।
सम्मेलनको पहिलो दिन अतिथिहरुलाई साउथ एशिया रिजनका प्रमुख एवं रिजनल इन्स्टिच्युट, नयाँ दिल्लीका निर्देशक डा. बर्थहोल्ड फ्रयान्क, गोयथे इन्स्टिच्युट, म्युनिकका भाषा विभाग प्रमुख डा. क्रिस्टोफ भेल्डह्युजले स्वागत गरे ।
यसैगरी सम्मेलनको सहयोगी संस्था जर्मन एम्बेसीको कल्चरल एण्ड भिसा विभाग, नयाँ दिल्लीद्वारा जर्मनका लागि भिसा आवेदन सम्बन्धमा महत्वपूर्ण सुझावहरुका साथै दक्षिण एशियामा पिएएससिएच सञ्जालको भूमिकाको बारेमा प्रारम्भिक मन्तव्य राखिएको थियो ।