सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित |

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ ।
साधारण सभाले बैंकको चुक्ता पूँजी रु. नौं अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८को १२ प्रतिशत बराबरको रु. एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैयाँको बोनस सेयर तथा ३ प्रतिशत बराबरको रु. २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको हो ।
साथै, बैंकको १९औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा संस्थापक सेयरधनी समूहको तर्पmबाट मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्पmबाट दिनेश शंकर पालिखे र अंकित केडिया निर्विरोध निर्वाचित भएका छन् ।