नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्कमा २४.८६%को बृद्धि, बीमा कोष २६ अर्ब नाघ्यो |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्कमा २४.८६%को बृद्धि भएको छ । कम्पनीको ३२औं वार्षिक साधारण सभाले सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदै बीमा शुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु.८०५.०५करोड पुगेको र रु.३५ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।
३२ औं वार्षिक साधारण सभाले आ.व.२०७५/०७६ को लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने र बोनस सेयर वापतको कर प्रयोजनको लागि रु.१,६२,२४,३५१ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, आ.व.२०७५/७६को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४प्रतिशतले बृद्धि भई रु.२,६८१ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्तसम्ममा रु. २६ अर्ब ९२ करोड पुगेको सभामार्फत जानकारी दिइएको छ । कम्पनीले सो आ.व.मा रु. २६९ करोड कुल दावी भुक्तानी गरेको छ ।
कम्पनी पुँजीको हिसाबले समेत सवल भएको र चालु वर्षको वोनस समेत गरी कुल चुक्ता पुँजी रु.३ अर्ब ३९ करोड नाघेको छ । कम्पनीको आ.व.२०७५/०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा एक विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरेको छ ।
आ.व.२०७५/०७६ मा २५ वटा नयाँ शाखा खोल्न स्विकृती प्राप्त गरी कुल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले ब्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर बृद्धिमा विशेष जोड दिने जनाएको छ ।