सुजुकी डिजायर अब नयाँ प्रिमियम अवतारमा, बुकिङ्ग खुल्ला |
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ ।
‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं । बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ ।’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको छ । स्टार्ट–स्टप फंक्सनसहितको के सिरिज डुअल जे, डुअल भीभीटी बीएस६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कम उत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको छ ।’
‘नेपाली ग्राहकले खोजेजस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिक प्रविधि भएकोले हामीलाई विश्वास छ नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुनुहुनेछ,’ उनले भने ।
सेडान डिजायर भीएक्सआईको मूल्य ३४ लाख २९ हजार तोकिएको छ भने डिजायर जेडएक्सआईको मूल्य ३७ लाख ७९ हजार तोकिएको छ ।
अत्याधुनिक शक्तिशाली इन्जिन
२०२१ डिजायरमा आईएसएस फङ्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस६ इन्जिन राखिएको छ । उच्च कम्प्रेशन रेसियो, कुल्ड ईजीआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ जसले गर्दा म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६८ किलोमिटर प्रति लिटर रहेको छ । यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ ।
बोल्ड र मोर्डन एक्सटेरियर
२०२१ डिजायरको फ्रन्ट फेसियालाई परिस्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ । तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको छ ।
प्रिमियम र स्टाइलिस इन्टेरियर
२०२१ डिजायरमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रयुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ । नयाँ डुअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ । १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो टच इन्फोटेन्मेन्ट सिस्टमले गज्जबको ड्राइभिङ एक्सपिरियन्स दिलाउँछ ।
सुपेरियर सेफ्टी
नयाँ डिजायरमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फङ्सन रहेकोे छ जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ ।
यसमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको रहेको छ जसले गर्दा बे्रकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ । साथै, नयाँ डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ । हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।
अन्य फिचर्स
१.आइडल स्टार्ट–स्टप फंक्सनसहितको एड्भान्स्ड के सिरिज डुअल जेट डुअल भीभीटी बीएस६ पेट्रोल इन्जिन जसले उत्सर्जन कम गर्नुका साथै माइलेज बढाउँछ ।
२. सिङ्गल एपर्चर ग्रिलसहितको बोल्ड र स्टाइलिस फ्रन्ट लुक
३. डुअल एअर ब्याग, इबीडसहितको एबीएस र ठूलो ब्रेक
४. १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो सिस्टम
५. १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन डिस्प्ले
६. एलइडी प्रोजेक्टर हेडल्याम्प र डे टाइम रनिङ लाइट
७. पुस स्टार्ट स्टप बटनसहितको स्मार्ट किलेस इन्ट्रि
८. रियर एसी भेन्ट
९. ३७८ लिटरको ठूलो बुट स्पेस
१०. १५ इन्चको एलो ह्विल
११. अटो फोल्डेबल ओआरभीएम