नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समितिले पूर्णता पायो |

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पुँजीबजार समितिले पूर्णता पाएको छ । सभापतिमा अम्बिका प्रसाद पौडेल उपसभापतिमा रामशरण थपलिया सहित समितिमा २ जना सल्लाहकार र २ जना आमन्त्रित सदस्यसमेत गरी १३ जना रहेका छन् ।
सदस्यहरुमा निर्माण श्रेष्ठ, मेख बहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णु प्रसाद वस्याल, राजन लम्साल र ज्योति दाहाल रहेका छन् ।
साथै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्त कुमार पौडेल रहेका छन् । यसैगरी, सल्लाहकारमा कुमारकेशर विष्ट र धु्रव तिमिल्सिना रहेका छन् ।
शुक्रबार बसेको बैठकले प्रमुख १० कामको विषयमा पनि छलफल गरेको छ ।