बजाज अटो लिमिटेड विश्वको सर्वाधिक मूल्यवान दुई–पाङ्ग्रे सवारी कम्पनी बन्न सफल |
काठमाडौं । बजाज अटो लिमिटेड बजार पूँजीकरण १६ खर्ब नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ पाङ्ग्रे कम्पनी बन्न सफल भएको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य बुधबार एनएसईमा प्रति शेयर ५५६६.४ रुपैयाँ पुगेर बजार पूंजीकरण १६ खर्ब १० अर्ब ७३ करोड पुगेको छ । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापनाको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ–पाङ्ग्रे सवारी कम्पनीले १६ खर्ब बढीको बजार पुँजीकरण हासिल गर्न सकेका छैनन् । बजाज अटोको यात्रा भारतमा ७५बर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरु विश्वका ७० भन्दा बढी देशामा लोकप्रिय रहेको जनाइएको छ । यो कम्पनी यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा प्रवेश गर्ने योजना रहेको जनाएको छ ।
“बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ, जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ” कम्पनीले जारी विज्ञप्तीमा जनाइएको छ । आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् । अमेरिका र जापान जस्ता विकसित देशमा लगायत विश्व बजारमा निर्यातका लागि भारतमा निर्मित छन । बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्व बजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउन रणनीतिक साझेदारी गरेको पनि जनाइएको छ ।
बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले मोटरसाइकल वर्गमा कम्पनीको विशेष ध्यान र विभेदको रणनीति प्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बताए । “यसले हामीलाई अझ बढि सेवा प्रदान गर्न र विश्वभरि ग्राहकलाई खुशी पार्न प्रोरित गरेको छ” उनले भने ।
बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो । ७० बढी देशहरूमा १ करोड ५० लाख बढी मोटरसाइकल बिक्रीको कम्पनीले जनाएको छ ।