एशियन कोअपरेशन डाइलगको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा महासंघको सहभागिता |

काठमाडौं । टर्कीमा आजदेखि आयोजना भएको उद्योग वाणिज्य संघहरूको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा एशियन कोअपरेशन डाइलगको सदस्य राष्ट्रहरूको परराष्ट्र मन्त्रिस्तरीय संयन्त्रको सत्रौं बैठकमा नेपाल उद्योग वाणिज्य महासंघको सहभागिता जनाएको छ ।
उक्त बैठकमा महासंघकोतर्फबाट महासंघको द्विराष्ट्रिय तथा एनआरएन समन्वय फोरमका सभापति एवं महासंघको कार्यकारिणी समितिका सदस्य ई. देश बन्धु बस्नेत(अजित)ले भाग लिनु भई बैठकलाई संवोधन समेत गरेका थिए ।
उक्त मन्त्रिस्तरीय बैठकको साइडलाइन बैठकको रुपमा आज यूनियन अफ चेम्वर्स अफ कमर्स एण्ड कमोडिटी एक्सचेन्ज अफ टर्कीले आयोजना गरेको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्वगर्दै सहभागी हुन नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत महासंघलाई आमन्त्रण भए अनुसार महासंघले उक्त कार्यक्रममा सहभागिता जनाएको हो ।
उक्त कार्यक्रमको द. इकोनोमिक स्टेट अफ प्ले इन द एशियन कोअपरेशन डाइलग मेम्वर्स कन्ट्रिज विषयक राउण्ट टेवल बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सभापति वस्नेतले एशियाका मूलुकहरु बीच यातायात संयन्त्रको विकास, नीतिगत एकरुपताको आवश्यकतामा जोड दिदैै नेपालमा व्यवसाय तथा लगानीका सम्भावना तथा आकर्षण बारे उक्त अन्तराष्टिय कार्यक्रममा प्रकाश पार्दै नेपालमा लगानीका लागि आग्रह गरे ।