पिपुल्स हाइड्रोको निष्काशन तथा बिक्री प्रबन्धक बन्यो सानिमा क्यापिटल |
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले हस्ताक्ष गरे ।
पिपुल्सले लमजुङमा सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ ५४ मेवा निर्माण गरिरहेको छ । सोमा लगानी गर्न कम्पनीले आवश्यक स्वपुँजी समेत जारी पुँजी २ अर्ब ७५ करोड रुपैयाँमध्ये ८२ करोड ५० लाख बराबरको प्रतिकित्ता १ सय रुपयाँ दरको ८२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दैछ ।
लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन आयोजना ७० प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाबाट २०७८ साल असोज महिनाभित्र उत्पादन सुरु गर्ने योजना छ ।