महासंघको बागमती प्रदेशको कार्यकारिणी समितिको बैठक सम्पन्न, विभिन्न महत्वपूर्ण निर्णयहरु पारित |

त्यस्तै सचिवालय व्यवस्थापनको लागि महासंघ बागमती प्रदेशका कार्यकारिणी समिति सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
अध्यक्षबाट विधानत मनोनयन हुने कार्यकारिणी समितिमा प्रतिमा भट्ट (गुर्खा इन्काउन्टर प्रा.लि.), राजु श्रेष्ठ, अध्यक्ष, (उद्योग वाणिज्य संघ चितवन), बोधनाथ दुवाडी –निवर्तमान अध्यक्ष, धादिङ उवासंघ), गेल्बु शेर्पा, (अध्यक्ष, उद्योग वाणिज्य संघ, जिरी) लगायतलाई मनोनयन गरेको छ ।
बैठकमा बागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, कोषाध्यक्ष गुणराज श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति थियो ।