नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद गठन |

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद गठन भएको छ । परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन् ।
परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, ई. विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल चुनिएका छन् ।
त्यसैगरी वस्तुगत संघ समूहबाट अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट उद्योग संगठन मोरङ वीरगञ्ज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ रहेका छन् भने प्रदेश समूहबाट प्रदेश–१ बाट राजेन्द्र राउत, बागमती प्रदेशबाट दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मी प्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दिपक पौडेल चयन भएका छन् ।
अन्य क्षेत्र र वर्ग मध्येबाट विनय उपाध्याय, शाजन शाक्य, शोभा ज्ञवाली, वावुकाजी कार्की चयन भए भने आमन्त्रित सदस्यहरूमा क्रमशः प्रतिनिधिहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघका ई. आङ दोर्जी लामा (ए.डी.), एनसेल नेपाल प्रालिका रमेश घिमिरे र नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह रहेका छन् ।
परिषद्ले मुलतः असल श्रम सम्बन्धको प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी, अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताहरुको संघ संस्थासँग आवश्यक सम्बन्ध स्थापित गर्ने र सोसंग सम्बन्धित काम गर्ने, श्रम समस्या निराकरण गर्न प्रयत्न गर्ने र त्यस्ता समस्याको समाधानको लागि नेपाल सरकारमा सुझाव प्रस्तुत गर्ने लगायतका काम गर्ने छ ।