नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन |

काठमाडौं । नेपाल मैदा उद्योग संघको २२औं बार्षिक साधारण सभाले कुमुद कुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ ।
शुक्रबार आयोजित सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ । अध्यक्ष दुगड विगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका छन् ।