हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित, १४ प्रतिशत बोनस शेयर |
काठमाडौं । हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको बाषिर्क साधारण सभा कोभिड–१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन गरियो ।
उक्त साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पुँजी रु. १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ ।
सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६∕७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सिर्जनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी गराइयो ।
यसका साथै २८ वर्ष देखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउिने लक्ष्यमा बैंक स प्रतिबद्ध रहेको व्यहोरा सभा समक्ष व्यक्त गरिएको थियो ।