एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश पारित, १९ प्रतिशत बोनस शेयर |
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न आठौं वाषिक साधारण सभाले १९ प्रतिशत बोनस र १ प्रतिशत (कर प्रयोगनका लागि) नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश पारित गरेको हो ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी हाल कायम चुक्ता पुँजी ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँं बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।