सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा विशेष छुट |
काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ ।
त्यसै क्रममा विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले बैंक र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्ट बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा खाना र बेबरेज, सुबिधाको सनराइज बैंकको के्र्रडिट, डेबिट कार्ड र क्यूआरको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।