मधुमेहका बिरामीले खानैपर्ने खाद्यपदार्थ |
मधुमेह वा डायबिटिज एउटा खतरनाक रोग पक्कै हो । तर, यसका बिरामीले विभिन्न तरीकाबाट यो रोगलाई नियन्त्रणमा राख्न तथा यसको कुप्रभावबाट बच्न सक्छन् । मधुमेहलाई नियन्त्रणमा राख्ने पहिलो उपाय भनेको नियमित रूपमा ब्यायाम गर्ने हो । त्यस्तै, दोस्रो तरीका भनेको सही खाद्य पदार्थको छनोट गरी खानु हो । हामीमध्ये धेरैलाई थाहा छ कि मधुमेह रोग भनेको यस्तो अवस्था हो, जसले शरीरमा इन्सुलिन बन्ने पक्रिया असामान्य हुन जान्छ । जसका कारणले शरीरमा विभिन्न रोग जस्तैː हाई ब्लड सुगर लेबल, तौल घट्ने, पिसाव उत्पादनमा वृद्घि, प्रतिरक्षा प्रणाली कमजोर हुनु, आँखा कमजोर हुनु, लगातार भोक लाग्नु तथा खुट्टा निदाएजस्तो हुनेलगायतका रोगले सताउने समस्या बढ्दै जान्छ । यदि मधुमेह रोगको लक्षण देखिनासाथ सही उपचार गरिएन भने यसले घातक परिणाम निम्याउँछ । मधुमेह रोग लाग्दा कुनकुन खाद्य पदार्थ खाने भन्नेबारे मदन लामिछानेले तयार पारेको एक रिपोर्ट ː
सलगम
सलगममा पोटासियम तथा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसलाई खानाले मधुमेहका रोगीलाई थकान नहुने हुनुका साथै शरीरमा काम गर्ने ऊर्जा मिल्छ ।
करेला
करेलाले शरीरमा ब्लड सुगरको लेबललाई नियन्त्रणमा राख्छ । त्यसैले मधुमेहका रोगीले खानामा करेला अवश्य समावेश गर्नुपर्छ ।
शकरकन्द
शकरकन्दमा एण्टिअक्सिडेण्ट पाइन्छ । जसले ब्लड ग्लुकोजको लेबललाई नियन्त्रमा राख्छ ।
पालुङ्गो
पालुङ्गोमा म्याग्नेसियम, फोलेट तथा पोटासियमजस्ता तŒवहरू पाइन्छन्, जसले मधुमेहलाई नियन्त्रणमा राख्न सहयोग पु¥याउँछ ।
भिण्डी
भिण्डी मधुमेहका रोगीलाई धेरै नै लाभदायक हुन्छ । यसलाई तपाईंले पकाएर वा काँचै खान सक्नुहुन्छ । यसलाई खानाले ब्लड सुगर लेबल नियन्त्रणमा आउँछ ।
बन्दा गोभी
बन्दा गोभी दैनिक रूपमा खानाले इन्सुलिनको स्तर नियन्त्रणमा रहनुका साथै यसले शरीरको तौल घटाउन पनि मद्दत गर्छ ।
बेगन
मधुमेहका रोगीले बेगन खानाले ब्लड सुगर लेबल नबढ्नुका साथै इन्सुलिनको उत्पादन पनि नियन्त्रणमा आउँछ ।
लौका
एक अध्ययनका अनुसार बिहान खाली पेटमा लौकाको जुस पिउनाले मधुमेहका रोगीलाई हुने केही रोगहरू रोक्न सकिन्छ ।
प्याज
प्याजमा केही यस्ता एसिड पाइन्छन्, जसले शरीरमा इन्सुलिनको स्तरलाई सन्तुलित राखेर ब्लड सुगर लेबललाई पनि नियन्त्रणमा राख्छ ।
फूल गोभी
फूल गोभीमा फाइबर पाइन्छ, जसले शरीरमा विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ । त्यसैले यो तरकारी मधुमेह रोगीका लागि एकदमै उत्तम मानिन्छ ।