टाटा मोटर्सको जनवरी फेस्ट, टाटा गाडीको खरिदमा पाइनेछ आकर्षक नगद छुट र उपहारहरु |
काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०२१ को अवसरमा जनवरी फेस्ट कार्यक्रमकोे आयोजना गर्न लागेको छ ।
उक्त कार्यक्रम यहि पुस २४ देखि २६ गतेसम्म (८, ९ र १० जनवरी, २०२१) सम्म थापाथली स्थित टाटा मोटर्सको शोरुममा आयोजना गर्न लागेको हो ।
ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिन्छ ।
साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेको कम्पनीले जनाएको छ ।