वासिङ्टनमा ट्रम्पको ‘कू’ को प्रयास, तस्विरमा हेर्नुहोस् |

अमेरिकाको वासिङ्टन डिसीमा रहेको क्यापिटल बिल्डिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले कब्जा गर्ने प्रयास गरेका छन् । स्थिति हिंस्रक बनेपछि बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्म कर्फ्यू लागू गरिएको छ । क्यापिटल भवन, संयुक्त राज्यको संसद भवन हो ।
यस हिंस्रक प्रयासलाई राष्ट्रपति ट्रम्पले ‘कू’ को प्रयास गरेको डेमोक्रेटिकका साथै रिपलब्लिकन सांसदहरुले समेत आरोप लगाएका छन् । मिट रम्नीले ट्रम्प स्वार्थी व्यक्ति भएको बयान दिए । ट्रम्पले लगातार धाँधलीको आरोप लगाउँदै चुनावको नतिजामाथि प्रश्न उठाउँदै आएका थिए ।

डोनाल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हंगामा सुरु गरिदिए । यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको तियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो । सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे । यसका कारण बहस बीचमा नै रोक्नुपरेको थियो ।

डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहँदा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भएको थियो । स्थिती अनियन्त्रित भएपछि २७ सय नेशनल गार्डलाई क्यापिटल पठाइको छ ।
द वासिङ्टन पोस्ट र सीएनएनका अनुसार झडपका क्रममा एक महिलाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।







