टीभीएस ‘एनटर्क’ नेपालमा सबैभन्दा रुचाइएको स्कुटर |
काठमाडौं । ठूला पांग्रा, स्पोर्टी लुक्स र पावरपुल इन्जिन । टीभिएस एनटर्क स्कुटरको यस्तै बिशेषताले युवादेखि वृद्धसम्म लोकप्रिय बनेको छ । यति बेला काठमाडौंका सडक भरी अघिकांश एनटर्क स्कुटर मै मानिसहरु हुइकिएको देखिन्छ ।
टीभिएस स्कुटर तथा बाइकको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले पनि गत केहि महिना अगाडि सबैभन्दा धेरै बिक्री भएको घोषणा गरेको थियो ।
कम्पनीका अनुसार दशैं तथा तिहारमा यो स्कुटरको माग ह्वात्तै बढेको कारण सोरूमहरुमा एनटर्क स्कुटरको अभाव नै थियो । प्रिमियम सेग्मेन्टमा धेरै विक्री हुने स्कुटर बन्न सफल भएको स्कुटरले नयाँ रेकर्ड नै कायम गरेको कम्पनीको भनाई छ । टिभिएसको २०२० को तथ्याङ्क अनुसार टीभीएस एनटर्क नेपाली बजारमा १७ हजार ५३८ यूनिट आयात भएको छ । जबकी नेपालमा केहि बर्षदेखि लोकप्रिय रहेको होन्ड डियो होन्डा डिओ भन्दा ५ हजार यूनिट भन्दा धेरैले अगाडि छ ।
यसरी बन्यो लोकप्रिय
अन्य स्कुटर भन्दा फरक फिचर बिशेषता रहेकै कारण पनि रोजाइमा यो स्कुटर परेको छ । मुल्य अनुसारको पर्फमेन्स र बिशेषतामा अब्बल रहेकै कारणपनि एनटर्क स्कुटर नेपाली बजारमा फरक पहिचान बनाइसकेको छ । अझ स्पोर्टी लुक्समा फरक डिजाइनका साथ नेपाली बजारमा सार्वजनिक भएपछि यो स्कुटर किन्नेको ओइरो नै लाग्यो ।
टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन,अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचरलेपनि ग्राहकलाई आकर्षित गरेको छ । त्यसैगरी राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०.६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने भएकै कारण पनि यो स्कुटरले ग्राहकलाई लोभ्याएको छ ।
फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । लामो तथा छोटो दूरी दबैका लागि हुने भएपनि काठमाडौं बाहिरका लागि पनि यहि स्कुटर खरिद गर्नेको भीड नै छ । यस स्कुटरमा फुल डिजिटल एलसीडी कन्सोल,फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ ।
कम्पनीले हालैमात्र सार्वजनिक गरेको बीएस ६ भर्सनको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ । यसको बीएस ४ को मूल्य २ लाख ५५ हजार रुपैयाँ रहेको छ । यसको ड्रम भर्सनको मूल्य २ लाख १५ हजार ९०० रुपैयाँ रहेको छ भने डिस्क भर्सनको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।
बीएस ६ एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड,एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिन्छ ।